भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

हेलिकप्टर उडेलगत्तै सन्तुलन गुमाएर दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

भारतको केदारनाथमा मर्मतका लागि लैजाने क्रममा एमआई–१७ हेलिकप्टर शनिबार दुर्घटनाग्रस्त भएको छ ।

हेलिकप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाएर दुर्घटना भएको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए। 

“हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएनन्। घटनाको जानकारी पाए लगत्तै उद्धार टोली घटनास्थल पुगेको छ। टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ,” चौबेले भने।  

राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली दुर्घटनास्थलमा पुगी उद्धार कार्य जारी राखेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

दुर्घटनाको वास्तविक कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।