ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको बताएका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्स पहिलाको ट्विटरलाई ब्राजिलमा प्रतिबन्ध लगाइएको छ। सर्वोच्च अदालतका न्यायाधीशले दिइएको समय सीमाभित्र नयाँ कानूनी प्रतिनिधि नियुक्त नगरेपछि एक्सलाई देशभित्र प्रतिबन्ध लगाउन आदेश दिएका हुन्।
सर्वोच्चका न्यायाधीश एलेक्सान्ड्रो दे मोरेसले अदालतको आदेश अवज्ञा गरेको भन्दै एक्समाथि प्रतिबन्ध लाग्ने आदेश जारी गरेका हुन्। एलन मक्सको एक्सले ब्राजिलमा गलत सूचना सम्प्रेषण गरेको भन्दै गत अप्रिलदेखि विवाद भएको थियो। २० करोड जनसंख्या भएको ब्राजिलमा दुई करोडभन्दा बढीले एक्स प्रयोग गर्छन्।
ब्राजिल सरकारसँग विवाद बढ्दै गएपछि एक्सले त्यहाँ रहेका आफ्ना कार्यालय बन्द गरेको थियो। न्यायाधीश मोरेसले एप्पल र गुगललगायतका कम्पनीलाई एक्सलाई आफ्नो स्टोरबाट एक्सलाई हटाउन भनेका छन्। उनले आईओएस र एन्ड्रोइड प्रणालीमा यस एपलाई ब्लक गर्न पाँच दिनको समयसीमा दिएका छन्।
न्यायाधीश मोरेसले मिथ्या सूचना फैलाएको आरोपमा दक्षिणपन्थी पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका समर्थकका एक्स खातालाई ब्लक गर्न पनि आदेश दिएका थिए। उनले कम्पनीका कानूनी प्रतिनिधिलाई कुनै पनि खाता पुनः सक्रिय भएमा जिम्मेवार ठहरिने चेतावनी दिएका थिए।
ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको बताएको रोयटर्सले जनाएको छ। उनले भीपीएन प्रयोग गरेर एक्स प्लेटफर्मको पहुँच स्थापित गर्न खोज्नेहरूलाई ब्राजिलियन रियल ५० हजार (नेपाली झन्डै १२ लाख) जरिबाना तिर्नुपर्ने चेतावनी पनि दिएका छन्।
सर्वोच्चको आदेशअनुसार एक्सले देशमा नयाँ कानूनी प्रतिनिधि नियुक्त नगर्दासम्म र ब्राजिलको कानून उल्लंघन गरेको कारण लागेका जरिबाना नतिरेसम्म प्रतिबन्ध रहिरहने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
