दैनिक रूपमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले क्षति पुर्याउने गरेका छन्। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यो पर्याप्त नभएको स्थानीय बताउँछन्।
सुनसरी– बराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन्। कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जंगलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका हुन्।
पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराईले राति जंगलबाट आउने हात्तीको त्रासमा राति नसुतेको एक साता भएको बताए। प्रत्येक रात लाइट बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या भएको उनको भनाइ छ।
दिनभरि बाहिर काम गरेर राति आराम गरिरहेको बेलामा दैनिक जंगलबाट आउने हात्तीका कारण जाग्राम बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताए।
भट्टाराई जस्तै बराहक्षेत्र–२ पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ। दैनिक वन्यजन्तु आरक्ष तथा अन्य जंगलबाट आउने हात्तीका कारण समस्या हुँदै आएको उनले बताए। भदौ १२ गते राति आएको हात्तीको समूहले उनको घरमा क्षति पुर्याएको छ।
यस क्षेत्रमा दैनिक रूपमा आरक्षबाट आउने हात्तीले आर्थिक तथा भौतिक क्षति गर्ने गरेका छन्। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यो पर्याप्त नभएको स्थानीय बताउँछन्।
क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रूपमा यसको समाधान खोज्न स्थानीय सरकार र प्रशासनलाई पटकपटक आग्रह गरिएको मगरले बताए।
हात्तीका कारण समस्या हुँदै आएको र यसबाट पीडितलाई सुविधा र सुरक्षा दिन नसकिएको आरक्ष प्रशासनले जनाएको छ। गत साउनदेखि हालसम्म एक सयभन्दा बढी परिवारले क्षतिपूर्तिका लागि वन्यजन्तु आरक्षमा निवेदन दिएका बराहक्षेत्र–२ का वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
