कलंकीमा मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– काठमाडौँको कलंकीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा९५प ७६२५ नम्बरको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बा५२प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भई बसमा ठोक्किएको थियो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
