रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।
रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन्।
कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समयअनुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकप्टरसँगको सम्पर्कविच्छेद भएको छ। हेलिकप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए।”
रूसी अधिकारीका अनुसार अन्य हेलिकप्टरमा पठाइएका उद्धार टोलीले हराइरहेको हेलिकप्टरको खोजी गरिरहेका छन्। एमआई–८ सोभियतकालीन डिजाइनको सैन्य हेलिकप्टर हो। रूसमा यो हेलिकप्टर यातायातका लागि व्यापक रूपमा प्रयोग गरिन्छ।
हराएको हेलिकप्टरले जंगली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि चिनिने वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्रमा रहेको ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो।
आपत्कालीन सेवाको एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार हेलिकप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो।
मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ।
रुसको प्रायः उडानका लागि प्रतिकुल मौसम रहने सुदूरपूर्वी क्षेत्रमा विमान र हेलिकप्टर दुर्घटना धेरै हुन्छन्। यहाँ पातलो बस्ती र कम जनसंख्या रहेको छ।
सन् २०२१ को अगस्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो।
सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो। जसमा २२ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
