सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि निरन्तर पानी परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
लमजुङ– पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ।
यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईंले सडक माथिबाट आएको ढुंगामाटो सहितको पहिरो एक्स्काभेटरको सहायताले हटाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए।
सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि पानी निरन्तर परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन उनले आग्रह गरे।
उक्त स्थानमा सबैभन्दा बढी पहिरो जाने भएकाले जोखिमयुक्त ठाउँका रूपमा मानिएको प्रहरीले जनाएको छ। यहाँ विगत तीन वर्षदेखि बर्सेनि पहिरो जाने गरेको छ।
संघीय सरकारको करिब ११ करोड रुपैयाँमा पहिरो रोकथामको प्रयास गर्दै आए पनि काम सम्पन्न भई नसकेकाले सो स्थानमा पहिरोको जोखिम कायम नै रहेको सूचना अधिकारी चपाईंले बताए।
लमजुङ र मनाङवासी यस खण्ड हुँदै तनहुँ–काठमाडौँ–पोखरालगायत स्थानमा जाने र आउने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
