आइतबार नेप्से परिसूचक ५३.६३ अंकले ओरालो लागेर २६९५.९३ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.९५ प्रतिशतले ओरालो लागेर २६९५.९३ को विन्दुमा सीमित भएको हो। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार शेयर कारोबार रकम पनि घटेको छ।
आइतबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९१ अंकले ओरालो लागेर ४८०.८८ मा ओर्लिएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा म्युचुअल फन्डको सूचक मात्रै उकालो लागेको छ।
यस दिन सबैभन्दा बढी घट्नेमा वित्त समूहको ३.४४, होटल एन्ड पर्यटनको २.९८, जलविद्युत्को २.४० र बैंकिङ समूहको २.३४ प्रतिशतले घटेको छ। म्युचुअल फन्ड समूहको उपसूचक ०.८० प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
यस दिन कुल दुई करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहीबारको कारोबारमा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।
नेप्सेका अनुसार सुपर माई खोलाको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। हिमालयन पावर पार्टनर ९.८७, कुथेली बुखारी स्मल हाइड्रोपावर ८.७३, सानिमा लार्ज क्याफ फन्ड ८.४४ र सनराइज ब्लुचिप फन्डका लगानीकर्ताले ६.७८ प्रतिशतले कमाएका छन्।
त्यस्तै, पिपुल हाइड्रोपावर, माई खोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। थ्री स्टार हाइड्रोपावर ९.९९, उपकार लघुवित्त ९.९१ र नेपाल फाइनान्सका लगानीकर्ताले ९.५३ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
