अधिकारकर्मीले निर्मला कुर्मीको न्यायका लागि भन्दै आइतबार माइतीघर–बालुवाटार मार्च गरेका छन्।
काठमाडौँ– निर्मला कुर्मीको न्यायका लागि भन्दै आइतबार माइतीघर–बालुवाटार मार्च आयोजना गरिएको छ। अधिकारकर्मीले निर्मलाको हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई प्रदेशमा मन्त्री नियुक्त गरेको विरोध स्वरूप माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च गरेका हुन्।

मार्चको आयोजना महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वास संघ, साप नेपाल, जाँगर नेपाल, मिलीजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एड्भोकेसी नेपाल र एबीसी नेपालले संयुक्त रूपमा गरेको हो। मार्चलाई बृहत् नागरिक आन्दोलनले पनि ऐक्यबद्धता जनाएको छ।

अधिकारकर्मीहरूले लोकतन्त्रको भावना र संविधानको मर्म विपरीतको राजनीतिक दलको कदमविरुद्ध तथा सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिन साउन २५ गतेदेखि माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना दिइरहेका छन्।

उनीहरूले मुद्दा अदालत पठाउन पटक–पटक सरकारले सहमति गरे पनि कुर्मीको हत्याका मुख्य अभियुक्त बादसाहलाई नै लुम्बिनी प्रदेशमा मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार असंवेदनशील भएको आरोप लगाएका छन्।







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
