सुन्धारा-रत्नपार्क-भद्रकाली क्षेत्र जामले अस्तव्यस्त (तस्वीरहरू)

विभिन्न समूहको सडक प्रदर्शनका कारण सवारीसाधनको जाम बढ्दा काठमाडौँको सुन्धारा, रत्नपार्क, भद्रकाली, पुतलीसडक लगायतको क्षेत्र अस्तव्यस्त बनेको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सरकारीपीडितले बचत रकम फिर्ताको माग राखेर र निर्मला कुर्मीको न्यायका लागि अधिकारीकर्मीको सडक प्रदर्शनका कारण काठमाडौँ व्यस्त क्षेत्र सुन्धारा–रत्नपार्क प्रभावित भएको छ।

सहकारी पीडित र निर्मला कुर्मीका न्यायको लागि आन्दोलन गरिरहेको समूहले मार्च पास र अन्य विविध कारणले जाम बढेको हो।

उनीहरूको आन्दोलनका कारण सुन्धारा-रत्नपार्क-भद्रकाली-पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

कार्यालय बिदा भएर आआफ्नो गन्तव्यमा जान निस्किएकाहरू जामका कारण प्रभावित बनेका छन्।