सरकारले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने भएको छ।
यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८(१) बमोजिम त्यस्तो जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिन स्वीकृति दिने निर्णय गरेको हो।
यस्तै, बैठकले पीपलटार देउडी सडक निर्माणका लागि नुवाकोटको विदुर नगरपालिकामा रहेको राष्ट्रिय वनको ५.१४२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताका रूपमा प्राप्त हुने दुई मिलियन युरो गरी २५ मिलियन युरो (करिब तीन अर्ब ६७ करोड ४७ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकृत गरेको छ। जर्मनी सरकारबाट विद्युत् वितरण सुदृढीकरण कार्यक्रमअन्तर्गत प्राप्त हुने १० मिलियन युरो (करिब एक अर्ब ४६ करोड रुपैयाँ) बराबरको अनुदान स्वीकार गर्ने निर्णय भएको पनि मन्त्री गुरुङले बताए।
सरकारले ज्यान मार्ने उद्योग मुद्दाका पीडित विन्दवासिनी कंसाकारको उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम मनासिब माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको छ। उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा शोधभर्ना गर्ने व्यवस्था मिलाइने निर्णय भएको पनि उनले जानकारी दिए।
यस्तै, आगामी असोज ८ देखि १० सम्म सिंगापुरमा आयोजना हुने इन्टरनेसनल फाउन्डेसन फर इलेक्ट्रोरल सिस्टमको एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिइएको छ।
थाइल्यान्डको बैंककमा यही भदौ २४ देखि २८ सम्म आयोजना हुने एशियन अफ्रिकन लिगल कन्सल्टेटिभ अर्गनाइजेसनको ६२औँ वार्षिकसभामा सहभागिताका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरिएको छ।
सरकारले इन्डोनेसियाको जाकार्तामा आगामी असोज १० मा सञ्चालन हुने पाँचौँ मन्त्रीस्तरीय बैठकलगायत कार्यक्रममा सहभागिताका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई स्वीकृति दिएको छ।
यसैगरी, सोही बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकको सरुवा गरिएको छ। सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग, मानवस्रोतमा कार्यरत चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षामा र कार्य विभागमा कार्यरत वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ।
यस्तै, सहसचिव भरत खनाललाई महावाणिज्य दूतावास ग्वान्जाओको महावाणिज्यदूत, झक्कप्रसाद आचार्यलाई महावाणिज्य दूतावास कोलकाता, लक्ष्मीप्रसाद निरौलालाई ल्हासास्थित महावाणिज्यदूत पदमा एक वर्ष अवधिका लागि नियुक्त गरिएको छ।
सरकारले भुम्लु गाउँपालिका काभ्रेपलान्चोकलाई गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि सोही गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०.३ हेक्टर जग्गा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ। संखुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने गरी स्थान तोक्ने निर्णय सरकारले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
