१९ पर्यटक र तीन जना चालक दलका सदस्य सवार हेलिकप्टर शनिबार कामचट्काको जंगली क्षेत्रमा बेपत्ता भएको थियो।
रुसको सुदूरपूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा बेपत्ता भएका १७ जनाको शव फेला परेको छ।
रुसको आपतकालीन मन्त्रालयका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो। १९ पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको हेलिकप्टर कामचट्काको जंगली क्षेत्रमा बेपत्ता भएको थियो। हेलिकप्टरमा सवार सबैको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
उद्धारकर्ताले आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरेको श्रव्यदृश्यमा जनाइएको छ। दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष घना जंगलको पहाडको टुप्पोनजिकै ढलानमा देखिएको छ।
सो दुर्घटनाग्रस्त हेलिकप्टर राडार रहेको स्थाननजिकै भेटिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका एक अधिकारी इभान लेमिखोभले भने, “उक्त क्षेत्रमा हामीले १७ शव फेला पारेका छौँ।”
दुर्घटनाग्रस्त एमआई हेलिकप्टर सोभियतकालीन हो।
यस अघि सन् २०२१ अगस्त १३ मा पनि १६ जना पर्यटक सवार रहेको एमआई–८ हेलिकप्टर कमजोर दृश्यताका कारण कामचट्काको तालमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको थियो।
सोही वर्षको जुलाईमा पनि एउटा विमान प्रायद्वीपमा अवतरण गर्ने क्रममा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
