समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार मत गणना भएको छ। जारी मतगणनामा २८ लाख ४५ हजार ६४१ मतसहित नेकपा एमाले अग्रस्थानमा छ।
काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ १ करोड ५ लाख ६० हजार मतगणना भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएको छ भने समानुपातिकतर्फको गणना जारी छ।
जारी मतगणनामा नेकपा एमाले अग्रस्थानमा रहेको छ। मंगलबार दिउँसो २:२० सम्म निर्वाचन आयोगको सूचना प्रणालीमा अद्यावधिक तथ्यांकअनुसार नेकपा एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३, जनमत पार्टीले ३ लाख ९४ हजार ६५५, नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ६७ हजार ३६७ मत पाएका छन्। अन्य दलहरूले लाख मत कटाउन सकेका छैनन्। समानुपातिकतर्फ कुल ४८ वटा दलले सहभागिता जनाएका थिए। राष्ट्रिय दल बन्नका लागि समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।
आयोगका अनुसार १ करोड ७९ लाख ८ हजार ८५० जना मतदानका लागि योग्य मतदाता थिए। आयोगको प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७३ हजार २७ मत खसेको थियो।
प्रदेश-१ नेकपा एमालेले ६ लाख ६५ हजार ४६०, नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९८ हजार ५११, माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टी, नेपालले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत ल्याएका छन्।
मधेश प्रदेशमा नेपाली कांग्रेसले ४ लाख १४४, नेकपा एमालेले ३ लाख ५१ हजार ७६८, जनमत पार्टीले ३ लाख २९ हजार १७७, जनता समाजवादी पार्टी, नेपालले २ लाख ९८ हजार ७७४, माओवादी केन्द्रले १ लाख ८० हजार ८६०, नेकपा एकीकृत समाजवादीले १ लाख १३ हजार ९१५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १३ हजार ३६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६५ हजार ५४ मत प्राप्त गरेका छन्।
बागमती प्रदेशमा नेकपा एमालेले ५ लाख ९४ हजार ५२१, नेपाली कांग्रेसले ४ लाख ९४ हजार २६१, नेकपा माओवादी केन्द्रले २ लाख ८५ हजार २७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७५ हजार ५६२ नेपाल मजदुर किसान पार्टीले ६८ हजार ७९६ र नेकपा एकीकृत समाजवादीले ६८ हजार १०१ मत प्राप्त गरेका छन्।
गण्डकी प्रदेशमा नेकपा एमालेले ३ लाख ६७ हजार ९८९, नेपाली कांग्रेसले ३ लाख ४९ हजार ६२८, माओवादी केन्द्रले १ लाख १६ हजार ९४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार ४८३ मत प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेशमा नेकपा एमालेले ५ लाख ७० हजार ९२१, नेपाली कांग्रेसले ४ लाख ९९ हजार ९८६, नेकपा माओवादी केन्द्रले १ लाख ९८ हजार ४५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१ र जनमत पार्टीले ८१ हजार ६०५ मत ल्याएका छन्।
कर्णाली प्रदेशमा नेकपा एमालेले १ लाख ८३ हजार ९५०, नेपाली कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादी केन्द्रले १ हजार ३७ लाख ६२९, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८२६ मत प्राप्त गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले २ लाख ६६ हजार ५०३, नेपाली कांग्रेसले २ लाख ६१ हजार २४६, माओवादी केन्द्रले १ लाख २० हजार ३९५, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३ हजार ८४६ मत पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
