पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पाको रामपुर–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर सोमबार बिहान दुर्घटनामा परेको थियो। स्कुटर दुर्घटनामा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

स्कुटर अनियन्त्रित भई सडक किनारको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।