सोमबार नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ भने १३ अर्ब रुपैयाँ कारोबारको शेयर कारोबार भएको छ।
काठमाडौँ– नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेको हो।
यस दिन नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ।
यस दिन कारोबारमा आएका ३३५ वटा कम्पनीको तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर एक लाख ६० हजार ५७९ पटक किनबेच भयो। जसबाट १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन सबै समूहको उपसूचक बढेको छ। सर्वाधिक वित्त समूहको उपसूचक ७.९४ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी समूह ५.४६, जलविद्युत् समूह ५.३६ र विकास बैंक ४.९९ प्रतिशतले बढेको छ।
सोमबार सात वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
सकारात्मक सर्किन लाग्नेमा नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपर माई हाइड्रोपावर रहेका छन्।
सोमबार लक्ष्मी उन्नति कोष ४.७१, माई खोला हाइड्रोपावर ३.५९ र एनआईसी एशिया फ्लेक्स क्याप फन्डका लगानीकर्ताले १.८७ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
