खडक पुलमा बनेका खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
गोलबजार– हुलाकी सडकअन्तर्गत सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजर क्षेत्रमा रहेको खडक पुलमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ। पुलको ढलान उप्किएर ठूल्ठूला खाल्डा बनेका छन्। हुलाकी सडकको पक्की सडकबाटोमा तीव्र गतिमा आउने गाडी अचानक पुलको खाल्डामा परी दुर्घटना हुने गरेको स्थानीय ब्रजेशकुमार यादवले बताए।
पुलमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको टेम्पु चालक रामध्यानी यादवको गुनासो छ। तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने गरेको यादवको भनाइ छ।
पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन रहेकाले चालकले हुलाकी सडक रोज्ने गर्छन् तर खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक मदनी साहकानुसार तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने भएकाले सतर्कता अपनाउन आग्रह गर्ने गरिएको बताए। खडक पुलमा दुर्घटना रोक्न अस्थायी ट्राफिक प्रहरी पोस्ट बोदेबरसाइनलाई परिचालन गरी ट्राफिक सचेतना कार्यक्रम गर्दै आइएको उनले जानकारी दिए।
खाल्डा पुर्ने नियामक निकाय हुलाकी सडक योजना कार्यालय इटहरीले चासो नदिँदा विगत एक वर्षदेखि जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद चौधरीको गुनासो छ। पटक–पटक सरोकार भएकाहरूको ध्यानाकर्षण गरिए पनि समस्या समाधान नभएको उनले बताए।
हुलाकी सडक योजना कार्यालय इटहरीका इन्जिनियर समपतलाल दासले पुल मर्मतका लागि छुट्टै बजेट नभएकाले समस्या समाधान गर्न नसकिएको बताए। उनले स्रोत व्यवस्थापनका लागि पहल भइरहेकाले चाँडै पुल मर्मत गरिने प्रतिबद्धता व्यक्त गरे। खडक पुल ११ करोड ७३ लाख ९३ हजार रुपैयाँ (भ्याटसहित) मा इलाइट/सूर्या जेभीले विसं २०७९ असोज २७ गते पुल निर्माण सम्पन्न गरेको थियो। छोटो समयमै पुलमा खाल्डा परेपछि गुणस्तरीय काम नगरिएको भन्दै विरोध गरिरहेका छन्।
स्थानीय विद्यानारायण यादवले हुलाकी गुणस्तरीय कार्य गराउन नसक्दा पुलमा खाल्डाखुल्डी पर्न थालेको आरोप लगाए। उनले तत्काल मर्मत गर्न सरोकार भएका निकायलाई आग्रह गरे। “यति चाँडै समस्या कसरी आयो भनेर आवश्यक छानबिन गरी हुलाकी सडक आयोजनाले तत्काल मर्मतका काम अगाडि बढाउनुपर्छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
