इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ।
काठमाडौँ– देशभर डेंगी संक्रमितको संख्या ६ हजारभन्दा बढी पुगेको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ।
महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार ३४७ जनामा डेंगी रोगको संक्रमण देखिएको छ। यस्तै, डेंगी संक्रमणबाट तीन जना निधन भइसकेको छ।
डेंगीको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार ९५४ देखिएको छ।
कोशी प्रदेशमा ७९१ जना, मधेशमा १०० जना, बागमतीमा एक हजार ६२३ जना, लुम्बिनी ४४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा ३४२ जनामा संक्रमण देखिएको छन्।
काठमाडौँ उपत्यकामा ६८० जनामा डेंगी संक्रमण देखिएको महाशाखाले जनाएको छ। जसमध्ये काठमाडौँमा ५११, भक्तपुर ६९ र ललितपुर १०० जनामा डेंगी संक्रमण देखिएको छ।
महाशाखाका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगी रोग लाग्दछ।
वर्षाका बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्ने गरेको छ। साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। सरकारी अस्पतालमा डेंगी रोगका बिरामीका उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।
हैजा ७५ जनामा
महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन्। महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्युठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ।
हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
