प्रहरीले कंकालको डीएनए प्रोफाइल जाँच तथा शव परीक्षण रिपोर्टका आधारमा अनुसन्धान शुरू गर्ने जनाएको छ।
प्युठान– प्युठानमा मानव कंकाल भेटिएको छ। माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कंकाल फेला परेको हो ।
स्थानीय दलबहादुर खत्रीको घरमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए। स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए।
ओत लागेको समयमा मानव कंकाल देखिएको स्थानीय बताएका छन्। कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कंकाल भेटिएको प्रहरीले जनाएको छ।
मानव कंकाल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो। घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ।
सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली सोमबार घटनास्थलमा पुगेको हो।
प्रहरीले कंकाललाई प्युठान अस्पताल ल्याई डीएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ। त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान शुरू हुने प्रवक्ता केसीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
