अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए।
काठमाडौँ– नेपथ्य अमेरिका शृंखलाअन्तर्गत मेरिल्यान्डमा कन्सर्ट सम्पन्न भएको छ। आइतबार राति ‘दी हल एट लाइभ’मा हजारौँ दर्शकमाझ नेपथ्यले अमेरिकाको छैटौँ प्रस्तुति दिएको हो।
नीलो जिन्स पहिरेका अमृत गुरुङ बेलुका ८ बजे कार्यक्रम शुरू भएसँगै देखा परे र दर्शकतर्फ झुकेर अभिवादन गरे।
ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे। यतिन्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल शुरू भइसकेको थियो। त्यही उत्साहलाई समात्दै उनले पहिलो गीत सुनाए, ‘कोशीको पानी यो जिन्दगानी’। त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग छोटो भलाकुसारी गरे।

कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो। ती सबको बिचबिचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए ।
अन्य स्थानमा जस्तै यहाँ पनि अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए।
कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झन्डा पनि बोकेरै ल्याएका थिए। ढाका टोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे।

त्यस्तै समूहमध्ये एक थियो भर्जिनियामा बालबालिकालाई नेपाली भाषा, संस्कृति र सम्पदा पढाउन ‘पाठशाला’ सञ्चालन गरिरहेका स्वयंसेवी शिक्षकको जमात। ‘नेपाली बालबालिकालाई आफ्नो भाषा र संस्कृति सिकुन् भन्ने अमृत दाइको चाहनासँग हाम्रो मिसन ठ्याक्कै मिलेको पायौँ,’ उनीहरूले भने, ‘हाम्रो उद्देश्य पनि आफ्नो जरालाई जोगाउने र भविष्यलाई उज्ज्वल बनाउने नै हो।’
यसरी आएका दर्शक अनेक किसिमका समूहमा आबद्ध थिए। कोही साथीसँग मिलेर आएका थिए, कोही आफ्ना जोडीका साथमा उपस्थित थिए। कोही अभिभावक र बालबच्चासहित सपरिवार।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
अमेरिकाको शृंखलाबद्ध यात्रामा ६ वटा कन्सर्ट सम्पन्न भएपछि अब सातौँ तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ लाग्दै छ। सातौँ कन्सर्टसँगै यस पटकको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
