सम्सी गाउँपालिका–४ स्थित भेटपुर इलाकाको गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेका सवारीसाधन जाँच गर्ने क्रममा ३६० बोतल कोडाइन बरामद गरेको हो।
काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) सम्सीले नेपाल–भारत सीमाक्षेत्रबाट ३६० बोतल प्रतिबन्धित लागुऔषध कोडाइन बरामद गरेको छ।
मंगलबार बिहान सम्सी गाउँपालिका–४ स्थित भेटपुर इलाकाको गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेका सवारीसाधन जाँच गर्ने क्रममा उक्त कोडाइन बरामद गरेको हो।
गस्ती टोलीलाई देखी बीआर०६बीए ५०४३ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा सवार व्यक्ति मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए। चालकले एक थान मोबाइल पनि छोडी भागेका छन्।
बरामद भएको लागू औषध, सवारी साधन र मोबाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइने बीओपी सम्सीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर गुरुङले जानकारी दिए।
नेपाल सरकारले २०४७ मंसिर ३ देखि कोडाइन र त्यसको सम्मिश्रण भएका औषधि उत्पादन, बिक्री वितरण, भण्डार, ओसारपसार र आयात निर्यातमा प्रतिबन्ध लगाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
