महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त (तस्वीरहरू)

काठमाडौँ महानगरको निर्णयअनुसार सशुल्क पार्किङ हटाइएपछि महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको व्यवसायीको भनाइ छ।

 तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– राजधानीको व्यापारिक केन्द्र महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको छ। काठमाडौँ महानगरको निर्णयअनुसार सशुल्क पार्किङ हटाइएपछि अहिले सो क्षेत्र झन् अव्यवस्थित बनेको छ। विभिन्न सामान किन्न आउने उपभोक्ताले जथाभाबी पार्किङ गर्दा तथा सामान ढुवानी गर्ने गाडी तथा ट्याक्सी आफूखुशी पार्किङ गर्नाले सो क्षेत्रमा हिँडडुल गर्न पनि असहज भएको स्थानीयको गुनासो छ। ट्राफिक प्रहरीले सही तरिकाले जिम्मेवारी पूरा नगर्दा जथाभाबी पार्किङ बढेको त्यहाँका व्यापारीको आरोप छ। हेर्नुहोस् तस्वीरहरू: