कंगोमा जेल तोडेर भाग्न खोज्दा १२९ जनाको मृत्यु

कंगोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ।

तस्वीर : एपी

कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रूपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ।आन्तरिक मामिलामन्त्रीका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन्।

मृत्यु भएकामध्ये २४ जनामाथि चेतावनीपछि गोली हानिएको मन्त्री ज्याक्वेमेन शाबानीले घटनाबारे जानकारी दिन प्रसारित भिडियो सन्देशमा उल्लेख गरेका छन्। भागदौडका क्रममा धेरै मानिसलाई कुल्चिएको तथा भिडभाडबाट प्रभावित भएका छन्। धेरै महिलामाथि यौन दुर्व्यवहार भएको पनि मन्त्रालयले जनाएको छ।

प्रत्यक्षदर्शीले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको, तनावपूर्ण अवस्था सिर्जना भएको बताएका छन्। एक इलेक्ट्रिसियन दड्डी सोसोले घटनापछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताए।

अधिकारीहरूले कति कैदीहरू भागे या भाग्ने प्रयास गरे भन्ने बारेमा केही खुलाएका छैनन्। सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति ‘नियन्त्रणमा’ रहेको बताएका छन्।