तारकेश्वरमा खोलाले बगाउँदा एक जना बेपत्ता

काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ।

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

मंगलबार साँझ लोलङ तरकारी बजारनजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मंगलबार साँझ ६ बजेतिर तामाङलाई खोलाले बगाएको हो। 

उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।