कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी मधेश, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा भारी वर्षासमेत हुने महाशाखाले जनाएको छ।