फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुंगामा ७० जनाभन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।

फ्रान्सको इंग्लिस च्यानलमा एक डुंगा दुर्घटना हुँदा  १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० महिला र दुई पुरुष छन्।

५० जनाभन्दा बढीलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको फ्रान्सको तट रक्षकले जनाएको छ।  

डुंगा अत्यधिक भार भएका कारण दुर्घटनामा परेको बीबीसीले खेलेको छ। आठ जनाभन्दा कम मानिसले मात्र लाइफ ज्याकेट लगाएका थिए।

यो यस वर्षको इंग्लिस च्यानलमा भएको सबैभन्दा भयानक दुर्घटना भएको जनाइएको छ। सन् २०२४ मा यसअघि च्यानल पार गर्दा ३० जनाले ज्यान गुमाइसकेका थिए। जुन २०२१ पछि सबैभन्दा बढी हो । 

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, २०२१ मा ४५ जनाको मृत्यु भएको थियो ।

फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डर्मेनिनले साना डुंगा प्रयोग रोकिएको बताएका छन्। तर, मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुंगामा ७० जनाभन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।

सन् २०१८ यता एक लाख ३५ हजारभन्दा बढी मानिस यस मार्गमार्फत बेलायत प्रवेश गरेका छन्। यस वर्ष २१ हजार मानिसले च्यानल पार गरेको पनि बीबीसीले जनाएको छ।