राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको हो। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षको करिब १०० धार्नी ऊन पनि बिक्री भएको छैन।
भोजपुर– भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्।
राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब १०० धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ।
“पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ,” किसान कठेतले भने, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ। ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ।”
विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी ७०० रुपैयाँमा बिक्री हुने गरेको थियो। अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकिलो १५० मा बिक्री हुने उनको भनाइ छ। ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिए। त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताए। उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ।
ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उनको भनाइ छ। राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उनको भनाइ छ।
किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएका छन्। भेडालाई वर्षमा दुईपटक मुन्डन गरिन्छ। आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एक पटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उनले बताए। “गत वर्षको ऊन नै बिक्री भएको छैन,” उनले भने। ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुन्छ।
हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उनले जानकारी दिए। एक भेडीगोठमा न्यूनतम १०० देखि अधिकतम ५०० वटासम्म भेडा छन्। यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ।
भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताए। सामुदायिक वनमा चरिचरनको लागि शुल्क तिर्नुपर्दा किसान थप मारमा परेका छन्। विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुर्ख्यौली व्यवसाय धान्न मुस्किल छ।
“भेडापालन व्यवसायमा धेरै समस्या छन्,” उनले भने, “लेकाली भेगमा गरिने पेसा भएकाले दुःख धेरै छ। त्योसँगै ऊन बिक्री हुन छाडेको अवस्था छ। विभिन्न रोग तथा घरपालुवा कुकुर, भालुलगायत जंगली जन्तुले भेडा मारिदिँदा धेरै क्षति हुन्छ।” ऊन बिक्री हुन छाडे पनि भेडाको मासु, घ्यु तथा भेडाको बोका (बल्याख्रा)को बिक्रीबाट घरपरिवार चलाउँदै आएको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
