चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७८८ जनामा डेंगीको संक्रमण देखिएको छ।
चितवन– जिल्लामा थप एक जनाको डेंगीको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
शुक्रबार अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए। उनका अनुसार बिरामीमा कडा खालको डेंगी देखिएको थियो।
शरीरका विभिन्न भागबाट रक्तस्राव भई अंगहरूले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेंगीको संक्रमणका कारण मृत्यु भएको थियो।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७८८ जनामा डेंगीको संक्रमण देखिएको छ। तीन हजार ३३१ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण देखिएको हो। संक्रमितमध्ये ५८० जना चितवनका र अन्य जिल्ला बाहिरका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
