राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका हुन्।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि उनले बुधबार राजीनामा दिएका हुन्।
कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसद्हरूले छलफल गर्ने सभामुख रुस्लान स्टेफनचुकले जनाएका छन्।
ल्भिभमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको शहरका मेयर एन्ड्री सदोवीले बताए। मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मीसमेत रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ।
उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो। पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र २०० भन्दा धेरै घाइते भएका थिए। युक्रेनी अधिकारीहरूले युद्ध शुरू भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन्।
पोल्टावा मिलिट्री इन्स्टिच्युट अफ कम्युनिकेसनको मुख्य भवनमा क्षेप्यास्त्र प्रहार हुँदा भवनका धेरै तला क्षतिग्रस्त भएका थिए।
धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्र प्रहार भएका थिए। युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई बर्बरतापूर्ण भनेको छ।
पोल्टावा किएभबाट करिब ३५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ। रुसको सीमा नजिकै रहेको यो शहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ।
यो आक्रमण अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो। युक्रेनी सेना रुसको कुर्स्क सीमा क्षेत्रमा आफ्नो पकड बनाउन कोसिस गरिरहेको छ। रुसी सेनाले पूर्वी युक्रेनमा गहिराइसम्म आफ्नो मार्ग बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
