कामको सिलसिलामा वा भिजिट भिसामा यूएई गएर त्यहाँ ‘ओभरस्टे’ भएका तर जरिबाना तिर्न नसकेर अवैधानिक हैसियतमा रहेकाहरूलाई आममाफीको व्यवस्था गरिएको छ।
काठमाडाैँ– संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यहाँ ‘ओभरस्टे’ भएर अवैधानिक हैसियतमा रहेका आप्रवासीलाई आममाफी दिइरहेको छ।
विभिन्न कारणले कामको सिलसिलामा वा भिजिट भिसामा यूएई गएर त्यहाँ ‘ओभरस्टे’ भएका तर जरिबाना तिर्न नसकेर अवैधानिक हैसियतमा रहेकाहरूलाई आममाफी दिइरहेको हो। यूएईले यसलाई ‘एम्नेस्टी २०२४’ भनेको छ। यही सेप्टेम्बर १ देखि अक्टोबर ३० सम्म दुई महिनाको समय तोकेर यूएई सरकारले आममाफीको व्यवस्था गरेको छ।
यसमा आफू कार्यरत कम्पनीबाट भागेकाहरू (रनवे), त्यहाँको अध्यागमन नियम उल्लंघन गरेकाहरू पनि सहभागी हुन सक्नेछन्। त्यसैले यस अवसरको फाइदा लिन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
अवैधानिक भएकाहरू त्यहाँको सरकारले तोकेको प्रक्रिया पूरा गरेर वैधानिकरूपमा यूएईमै रहन तथा नेपाल फर्केर पुनः यूएई जान सक्ने कानूनी आधार निर्माण हुने दूतावासले जनाएको छ।
‘ओभरस्टे’ भनेको भिसामा तोकिएको भन्दा लामो समयसम्म गन्तव्य देशमा रहनु भन्ने हुन्छ। यसरी बस्नुलाई गैरकानूनी वा अवैधानिक मानिन्छ।
‘एम्नेस्टी २०२४’ मा सहभागी हुन यूएईको अध्यागमनसँग सम्बन्धित जरिबाना र शुल्कहरू तिर्न पर्दैन।
यस्तो छ प्रक्रिया
यूएईमै रहन चाहने व्यक्तिले त्यहाँको मानव संसाधन मन्त्रालय (एमओएचआरई)बाट जारी 'जब अफर लेटर' लिई आफ्नो 'स्टाटस' परिवर्तन गराउनुपर्ने हुन्छ। तर आफ्नो पूर्व स्टाटस परिवर्तन नगरी बसेको पाइएमा भने त्यहाँको कानूअनुसार जरिबाना तिर्नुपर्ने दूतावासले जनाएको छ।
यस्तै, आममाफीको लागि आवेदन दिन आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमन कार्यालयमा मात्र सम्पर्क गर्नुपर्ने हुन्छ। सम्बन्धित अध्यागमन कार्यालयबाट 'फाइन क्लिअरेन्स' तथा प्रहरी रिपोर्ट पेश गरेमा दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उलपब्ध गराउँछ। यसरी एकतर्फी यात्रा अनुमति पत्र (टीडी) प्राप्त व्यक्ति अनिवार्य रूपमा १४ दिन भित्र नेपाल फर्किनु पर्ने हुन्छ।
दूतावासका अनुसार नेपाल फर्किन चाहनेको हकमा भने हवाई टिकेटको व्यवस्था स्वं आफूले गर्नुपर्ने हुन्छ। प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
