मंगलबार सामान्य बढेको नेप्से बुधबार भने ३.२० प्रतिशतले घटेर २,७३९.४६ को विन्दुमा कायम भएको हो।
काठमाडौँ– साताको कारोबारको चौथो दिन शेयर बजार परिसूचक नेप्से ९०.७३ अंकले ओरालो लागेको छ। मंगलबार सामान्य बढेको नेप्से बुधबार भने ३.२० प्रतिशतले घटेर २,७३९.४६ को विन्दुमा कायम भएको हो।
आज ३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर खरिद बिक्री हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ। जुन मंगलबारको भन्दा कम हो। हिजो १३ अर्ब ५७ करोडभन्दा धेरैको कारोबार भएको थियो।
आज सबै उपसमूह घटेकामा सबैभन्दा धेरै वित्तीय क्षेत्र ५.१५ प्रतिशत र होटल तथा पर्यटन क्षेत्र ४.४७ प्रतिशतले घटेका छन्। आज २१३ कम्पनीको शेयर मूल्य घटेको छ। ३१ कम्पनीको शेयर मूल्य बढेको र एउटा कम्पनी स्थिर रहेको छ।
समग्रमा घटेको बजारमा एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोमा सकारात्मक सर्किट लागेको छ। यस्तै, कुमारी इक्युटी फन्डमा नकारात्मक सर्किट लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
