नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार मधेश प्रदेशमा विद्युत् चुहावट १५.२९ प्रतिशत रहेको छ।
वीरगन्ज– मुलुकका सात प्रदेशमध्ये विद्युत् चुहावट हुने प्रदेशमा मधेश प्रदेश दोस्रो स्थानमा छ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार मधेश प्रदेशमा विद्युत् चुहावट १५.२९ प्रतिशत रहेको छ।
सबैभन्दा धेरै विद्युत् चुहावट हुने प्रदेशमा कर्णाली प्रदेश रहेको छ। सो प्रदेशमा विद्युत् चुहावट २१.७९ प्रतिशत रहेको छ। नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले सातै प्रदेशमध्ये मधेश प्रदेश विद्युत् चुहावटमा दोस्रो स्थानमा परेको बताए।
‘‘सात वटै प्रदेशमा हुने विद्युत् चुहावटमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुने गरेको छ। कर्णालीमा हुने विद्युत् चुहावट प्राविधिक कारणले भएको हो,’’ उनले भने, ‘‘मधेश प्रदेश दोस्रो धेरै विद्युत् चुहावट हुने स्थानमा पर्नुको कारण गाउँगाउँमा लुकीछिपी विद्युत् चोरी गर्ने प्रवृत्ति देखिएको छ।’’
प्रादेशिक कार्यालय प्रमुख ठाकुरले मधेश प्रदेशमा सर्वसाधारणले विद्युत्को पोलबाट सोझै हुकिङ गरेर, मिटरबाट र सिँचाइका लागि जडान गरेको लाइनबाट धेरै विद्युत् चोरी हुने गरेको बताए।
‘‘हामीले गत आवमा मात्रै विद्युत् चुहावटमा संलग्न दुई हजार छ सय ५६ जनालाई समातेर कारबाही गरेका छौँ,’’ उनले भने, ‘‘जनचेतनाको अभावले पनि मधेश प्रदेशमा विद्युत् चुहावटका घटना धेरै हुने गरेका छन्।’’
मधेश प्रदेशमा प्राधिकरणका २३ वटा वितरण कार्यालय छन्। प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार मधेश प्रदेशमा आव २०७७/७८ मा विद्युत् चुहावट १६.५४ प्रतिशत रहेको थियो। आव २०७८/७९ मा भने १४.१७ प्रतिशतमा झरेको थियो।
तर, आव २०७९/८० मा विद्युत् चुहावट १३.७९ प्रतिशतमा सीमित भएको थियो। त्यस्तै आव २०८०/८१ मा भने विद्युत् चुहावट केही प्रतिशत बढेर १५.२९ प्रतिशतमा पुगेको छ। प्राधिकरणका अनुसार कोशी प्रदेशमा विद्युत् चुहावट ९.८७ प्रतिशत रहेको छ।
बाग्मती प्रदेशमा विद्युत् चुहावट ५.६० प्रतिशत चुहावट रहेको छ। त्यस्तै गण्डकी प्रदेशमा विद्युत् चुहावट ७.६७, लुम्बिनी प्रदेशमा ८.५९ र सुदृरपश्चिम प्रदेशमा ११.५० प्रतिशत रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
