बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। तर उद्घाटन भएको २४ घण्टा नबित्दै सुनसान भएको छ।
बलेवा– भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। बाटोको दुरावस्था र सवारीसाधनको सुरक्षा चुनौती रहेको भन्दै व्यवसायीले सवारीसाधन बसपार्कमा नलगेपछि समस्या देखिएको हो। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गरेका थिए।
बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए। “नगरले सुरक्षा दिनुपर्यो, अनि मात्र ठूला सवारी बसपार्कमा राख्न सकिन्छ,” उनले भने।
बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ। “व्यवसायीसँग सम्झौता भएको छैन। हामी छलफलमै छौँ। एक दुई दिनमा काम टुंगो लाग्छ,” नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन।” उनले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखित रूपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए।
निर्माण प्रक्रिया शुरू गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो। बसपार्क निर्माणका लागि नगर विकास कोषबाट आठ करोड ७० लाख रुपैयाँ ऋण लिइएको थियो। बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
