कटारी नगरपालिका–१० वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी ४० वर्षीया निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुसको शव बिहीबार बिहान पसलमा भेटिएको हो।
कटारी– कटारी नगरपालिका–१० सोरुङ छबिसेमा आमाछोरा मृत भेटिएका छन्। वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी ४० वर्षीया निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुस थापाको शव बिहीबार बिहान पसलमा भेटिएको हो।
वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकले आमा छोराको शव देखेका थिए। “आमाको शव भुईंमा घोप्टो परेको र खाटमा रगतमा डुबेको अवस्थामा छोराको शव फेला परको हो,” वडाध्यक्ष खड्काले भने, “शवमा हतियार प्रहार गरेका चोट देखिएको जानकारी आएको छ।”
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको बताए।
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर–पहाडी भेगमा पर्छ। वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान् अशोक थापा दुई वर्षअघि अर्की श्रीमती लिएर भारततिर गएका थिए। “३०० मिटर पर मूलघर थियो। हिजो चाहिँ पसलमै बसेका रहेछन्,” उनले भने।
घटनास्थल पुगेकी कटारी नगरपालिका कार्यपालिका सदस्य गीताकुमारी गिरीले प्रहरी घटनास्थलमा आइपुगेर अनुसन्धान शुरू गरेको बताइन्।
स्थानीय दीपक राउतका अनुसार मृतक निर्मलाले बुधबार साँझ ८ बजे मूलघरमा रहेका देवरसँग फोनमा कुरा गरेकी थिइन्। “साना देवरहरू थिए उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे,” राउतले भने, “बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ।” बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
