बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर २७२७ को विन्दुमा कायम भएको छ भने नौ अर्ब ६५ करोडको शेयर कारोबार भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा यो साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को विन्दुमा कायम भएको हो।
३१६ कम्पनीको दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता शेयर एक लाख १२ हजार ६९२ पटक खरिदबिक्री भयो। जसबाट नौ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
जुन अघिल्लो दिनको भन्दा कम हो। बुधबार नेप्से परिसूचक ३.२० प्रतिशतले घटेर २७३९.४६ को विन्दुमा कायम भएको थियो भने १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर कारोबारको भएको थियो।
कारोबारमा लघुवित्तको १.६८ र व्यापारको उपसूचक ०.१६ प्रतिशतले बढेको छ। अन्य समूहको सूचक भने घटेको छ। सर्वाधिक घट्नेमा लगानी समूह छ। लगानी १.३६, जलविद्युत् १.०१, जीवन बीमा ०.७४, बैंकिङको उपसूचक ०.६९ प्रतिशतले घटेको छ।
एउटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो। युनिक नेपाल लघुवित्त ९.१४, नेस्डो समृद्ध लघुवित्त ८.४३, अपर हेवाखोला हाइड्रोपावर ७.९२, गुडविल फाइनान्सका लगानीकर्ताले ७.८३ प्रतिशतले कमाएका छन्।
सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको र कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावरको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
