फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई नियुक्त गरेका छन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई नियुक्त गरेका छन्। जुलाईमा भएको निर्वाचनमा सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन।
युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय बार्नियरलाई सबै दलहरूलाई मिलाएर लान सक्ने नेताका रूपमा राष्ट्रपति म्याक्रोँले विश्वास गरेका हुन्।
दक्षिणपन्थी रिपब्लिकन पार्टीका वरिष्ठ नेता बार्नियरले फ्रान्स र युरोपेली संघ दुवैमा उच्च तहका जिम्मेवारी सम्हालिसकेका छन्।
गत जुलाई १६ मा म्याक्रोँले तत्कालीन प्रधानमन्त्री ग्याब्रियल अट्टलको राजीनामापछि नयाँ मन्त्रिमण्डल गठन नभएसम्मका लागि उनलाई कामचलाउ सरकारको प्रमुखका रूपमा जिम्मेवारी दिएका थिए।
नयाँ सरकारले सन् २०२५ का लागि बजेट कानूनको मस्यौदा पेश गर्न अक्टोबर १ को समयसीमा तोकिएको छ।
वार्षिक उत्पादनको ११० प्रतिशतसम्म ऋण थुप्रिएको फ्रान्सले यस वर्ष ‘स्ट्यान्डर्ड एन्ड पुअर्स’बाट क्रेडिट रेटिङ कटौतीको सामना गरेको छ। युरोपेली आयोगले यसलाई अत्यधिक घाटाका लागि जिम्मेवार मानेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
