मन्त्रिपरिषद् बैठकले किसानसँग लिएको दूधको बक्यौता रकम तिर्ने प्रयोजनका लागि डीडीसीलाई ६० करोड रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले किसानसँग लिएको दूधको बक्यौता रकम तिर्ने प्रयोजनका लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ऋण दिने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/२०८२ मा डीडीसीमा कच्चा दूध आपूर्तिकर्ता किसानलाई भुक्तानी दिने प्रयोजनार्थ दुग्ध विकास संस्थानलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले किसानलाई तत्काल नगद प्रवाह गर्ने गरी प्रविधि सुधार तथा व्यवसाय विस्तार गर्न डीडीसीलाई तत्काल ६० करोड रुपैयाँ दिन अर्थ मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको हो। “अब दूध उत्पादक किसानले पाउनुपर्ने रकम प्राप्त गर्ने छन्,” उनले भने।
त्यस्तै सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई नगद पुरस्कार दिने भएको छ।
“पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय भएको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
