कुँडुलेदेखि मालिका जाँदै गरेको मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको हो।
ढोरपाटन– बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा बिहीबार राति बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।
कुँडुलेदेखि मालिका जाँदै गरेको मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन्। सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेला परेको थियो।
शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले बताए। बेपत्ता कमलको खोजी भइरहेको छ।
अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
