लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुमखण्ड र बागलुङ–बुर्तिबाङखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।
ढोरपाटन– अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला तथा बडिगाड गाउँपालिकाको ठूलाखेतलगायत स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुमखण्ड र बागलुङ–बुर्तिबाङखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए। निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन्। काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तिज मनाउन गाउँ फर्किएका यात्रु पनि समस्यामा छन्।
पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएका छन्। निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेलले बताए।
“रातिदेखि ठूलो वर्षा भइरहेको छ, रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
