एन्ड्री सिबिहा युक्रेनको विदेशमन्त्री नियुक्त

युक्रेनी संसद्‍ले रिक्त विदेशमन्त्री पदमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको हो। सिबिहाले उपस्थित ३१५ सांसद्‌मध्ये २५८ को समर्थन प्राप्त गरे।

युक्रेनको संसद्‌ले एन्ड्री सिबिहालाई देशको नयाँ विदेश मामिलामन्त्रीमा नियुक्त गरेको छ।

संसद्‍ले रिक्त विदेशमन्त्रीमा बिहीबार एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको हो। सिबिहाले उपस्थित ३१५ सांसद्‌मध्ये २५८ को समर्थन प्राप्त गरेका थिए। 

सिबिहाले यसअघिका विदेशमन्त्री दिमित्रो कुलेबाबाट पदभार ग्रहण गरेका छन्। बुधबार राजीनामा दिएका कुलेबाले सन् २०२० देखि विदेश मन्त्रालयको नेतृत्व गरेका थिए। 

सिबिहा यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि डेपुटी चिफ अफ स्टाफ थिए।