बर्दियामा गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु, २ जना घाइते

अमेरिकी पर्यटकलाई लिएर जंगल यात्रामा भएका वरिष्ठ नेचर गाइड ठाकुरबाबा नगरपालिका–९ बर्दियाका मनमोहन चौधरीको मृत्यु भएको हो।

फाइल तस्वीर।

काठमाडौँ– बर्दियाको मधुवन नगरपालिका–६ स्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक जना नेचर गाइडको मृत्यु भएको छ। 

शुक्रबार बिहान अमेरिकी पर्यटक एमसी लेन्डनलाई लिएर जंगल यात्रामा भएका वरिष्ठ नेचर गाइड ठाकुरबाबा नगरपालिका–९ बर्दियाका मनमोहन चौधरीको मृत्यु भएको हो। 

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकास्थित जंगलमा जाने क्रममा जम्काभेट भएपछि गैँडाले आक्रमण गरेको थियो। सो क्रममा अर्का एक वन हेरालु पनि सामान्य घाइते भएका छन्। 

घाइतेको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको उनले बताए।