वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयनप्रति आपत्ति जनाएका छन्।
फ्रान्सका नयाँ दक्षिणपन्थी प्रधानमन्त्री मिसेल बार्नियरले दुई महिनाको राजनीतिक गतिरोधपछि संसद्मा बहुमत जुटाएर सक्षम सरकार बनाउन शुक्रबार सबै पक्षसँग परामर्श शुरू गरेका छन्।
हालै युरोपेली संघ (इयू)को ब्रेक्सिट वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय पूर्वविदेशमन्त्री बार्नियर आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा वृद्ध प्रधानमन्त्री हुन्।
आफूभन्दा आधा उमेरका मध्यमार्गी ३५ वर्षीय पूर्वप्रधानमन्त्री गेब्रियल अटालबाट पदभार ग्रहण गर्दै बार्नियरले ‘नम्रतापूर्वक’ आफ्नो नयाँ काम लिने वाचा गरे। अटाल मुलुकको पहिलो खुला समलैंगिक प्रधानमन्त्री थिए।
नयाँ प्रधानमन्त्री बार्नियरले शिक्षा, सुरक्षा र ‘अध्यागमन नियन्त्रण’ आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। उनले मुलुकको ‘वित्तीय ऋण’मा सत्य बोल्न नडराउने बताए। यद्यपि उनले ‘परिवर्तन’को पनि वाचा गरेका छन्।
आफ्नो मध्यमार्गी गठबन्धनले आकस्मिक निर्वाचनमा संसद्मा सापेक्षित बहुमत गुमाएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले हप्तौँको गतिरोधपछि बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
युरोपेली निर्वाचनमा अति दक्षिणपन्थीले आफ्नो गठबन्धनलाई पराजित गरेपछि म्याक्रोँले जुनमा संसद् भंग गर्दै निर्वाचन गराउने जोखिम उठाएका थिए।
निर्वाचनमा वामपन्थी गठबन्धन फ्रान्सको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उदायो तर ऊसँग बहुमतका लागि आवश्यक सिट भने पुगेन।
यसको सट्टा मरिन ले पेनको आप्रवासनविरोधी अति दक्षिणपन्थी नेसनल र्याली (आरएन) इयूको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र फ्रान्सको तल्लो सदनमा कुनै पनि विश्वासको प्रस्तावमा सबैभन्दा धेरै मतका साथ सबैभन्दा ठूलो पार्टी बन्यो। त्यसपछि तेस्रो स्थानमा म्याक्रोँको मध्यमार्गी समूह थियो।
संसद्मा आरएनका सांसदको नेतृत्व गर्ने ले पेनले नयाँ मन्त्रिपरिषद्मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्। बार्नियरलाई समर्थन गर्ने या नगर्ने भन्नेबारेमा भने उनले संसद्सामु बार्नियरको पहिलो नीतिगत भाषणको प्रतीक्षा गर्ने बताए।
लामो समयसम्म आफूलाई अति दक्षिणपन्थीविरुद्ध सुरक्षा कवचका रूपमा प्रस्तुत गरेर म्याक्रोँले ले पेनलाई वास्तविक रूपमा ‘किङमेकर’ बनाएको आलोचकले बताएका छन्।
विशेष गरी वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयनप्रति आपत्ति जनाएका छन्। सम्भवतः तल्लो सदनमा उनलाई हटाउन प्रयास हुनसक्ने छ।
वामपन्थी प्रधानमन्त्री बन्न खोज्ने ३७ वर्षीया अर्थशास्त्री लुसी कास्टेट्सले भनिन्, “मलाई विश्वासघात भएको महसुस गरेका लाखौँ फ्रान्सेली मतदाताजस्तै म अत्यन्त क्रोधित छु” उनले बार्नियरविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने वाचा गर्दै भनिन्, “राष्ट्रपतिले आफूलाई आरएनसँग जोड्दै हुनुहुन्छ।”
नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल गर्न आफ्नो रिपब्लिकन (एलआर) पार्टीका नेताहरूसँग कुरा गर्नुअघि बार्नियरले शुक्रबार अटालसँग भेट्दै छन्। अटाल राष्ट्रपति म्याक्रोँको मध्यमार्गी टुगेदर फर द रिपब्लिक (ईपीआर) समूहको नेता बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
