स्थानीय बासिन्दाले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर्न, गैरकानूनी तरिकाले बर्खास्त चिकित्सकलाई अविलम्ब पुनर्बहाली गर्न माग गरेका छन्।
भक्तपुर– भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले आन्दोलित भएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका उनीहरूले शुक्रबार आन्दोलनलाई निरन्तरता दिएका हुन्।
भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा सहभागीहरूले अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरेका छन्।
लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको तर सुनुवाइ नभएको उनीहरूको भनाइ छ। हाल मुटुसम्बन्धी उपचार नभइरहेको र दैनिक दुईचार जना नागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदा पनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको आन्दोलनकारीले बताएका छन्।
केन्द्रमा सरकारले मुटुकै उपचारका लागि अर्बौं रकम लगानी गरिसकेको, वार्षिक करोडौँ रकम परिचालन भइरहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चका लागि मात्र भइरहेको आन्दोलनका अगुवा चन्द्रलाल सुवालले बताए।
उनले अस्पतालमा मिर्गौलाको मात्र प्रत्यारोपण भइरहेको तर मानव अंगका अन्य शीर्षकमा आइरहेको बजेटमा अनियमितता भइरहेको आशंका व्यक्त गरे।
यसअघि बुधबार पनि स्थानीय बासिन्दाले अस्पतालको गेट अगाडि आन्दोलन गरेका थिए। अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको उनीहरूको आरोप छ।
उनीहरूले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैरकानूनी तरिकाले बर्खास्त चिकित्सकलाई अविलम्ब पुनर्बहाली गर, मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसासम्बन्धी सेवालाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गर लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
