जंगलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रेलगायत पक्षी तथा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्ती बताउँछन्।
म्याग्दी– वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जंगली जनावर देखिन छाडेका छन्।
डढेलोका कारण जंगल उजाडिएपछि चराचुरुंगीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन्। डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिकै सुनिने चराचुरुंगीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए।
“रंगीविरंगी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जंगलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्,” उनले भने।
जंगलमा डढेलो लागेयता चराचुरुंगी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो दुखुका यमन पुनले बताए। “डढेलो लागेपछि वन क्षेत्र वर्षापछि पनि कालो देखिएको छ। जंगलमा कुनै चहलपहल छैन। जंगली जनावर गाउँ पसेर दुःख दिन थालेका छन्,” पुनले भने।
जंगलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रेलगायत पक्षी देखिन छाडेका बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्तीले बताए। “अचेल यी चरा देखिँदैनन्,” घर्तीले भने। वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको उनले बताए।
समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ, दाउरा, घाँस र स्याउला फडानी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका थिए। वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जंगली जनावर वृद्धि भएको थियो। डढेलोले जंगल सखाप पारेपछि गाउँमा झन् बढी जंगली जनावर पसेर दुःख दिन थालेका मालिका गाउँपालिका–१ निस्कोटका टकबहादुर विक बताउँछन्।
डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये गएको हिउँदमा डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दीमा पुर्याएको छ। डढेलोले म्याग्दीको करिब दुई हजार हेक्टर वन क्षेत्र ध्वस्त बनाएको छ। जिल्लाका मालिका, मंगला र बेनी नगरपालिकाका वनमा डढेलो लागेको थियो। आफ्नो वासस्थान वरपर डढेलो बढ्दै गएपछि कतिपय चराचुरुंगी र वन्यजन्तु डढेलाको चपेटामा परी मरेका तथा अन्तै गएको हुनसक्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका बताउँछन्।
डढेलोले वनका महत्त्वपूर्ण जडीबुटी सखाप भएका छन्। चराचुरुंगी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ खरानी भएको छ। डिभिजन वन कार्यालयको अभिलेखअनुसार म्याग्दीको दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ। ढोरपाटन सिकार आरक्षले एक हजार २६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले तीन हजार ७५३ हेक्टर वनक्षेत्र ओगटेको छ।
डिभिजन कार्यालय मातहतका ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार २०२ हेक्टर ३१० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ। करिब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ। बाँकी सबै राष्ट्रिय वन हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
