हाल मौसमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको र संक्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहको भनाइ छ।
बाँके– बाँकेको नरैनापुरमा कारण खुल्न नसकेको रोगबाट थप एक जनाको मृत्यु भएपछि स्थानीय बासिन्दा भयभीत हुन थालेका छन्। नरैनापुर गाउँपालिका–६ गंगापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ।
पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगन्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नं ६ स्थित गंगापुर स्वास्थ्य चौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए।
केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चार जनाको मृत्यु भएको थियो। बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गंगापुरका स्थानीय बासिन्दा स्वास्थ्य चौकीमा परीक्षणका लागि आउने क्रम बढेको स्वास्थ्य चौकी इन्चार्ज बुढाथोकीले बताए।
“यो बेला मौसमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्दछ, स्वास्थ्य चौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्”, उनले भने, “झाडापखालाको प्रकोप छैन, तर एक जनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्य चौकीमा जाँचका लागि आउने क्रम बढेको छ।”
स्वास्थ्य चौकीमा बिहीबार एकैदिन १०६ जना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए। जसमध्ये ४५ जनाले आउँ र पखालाको लक्षण देखिएको छ। त्यसमध्ये तीन जनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ।
अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका बिरामी फेला परेको स्थानीय सोहनलाल यादवले बताए। गेग्ली गाउँ र सोनवर्षामा गरी चार जनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको उनको भनाइ छ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौसमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गरे। गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहको पाइएको उनले बताए।
गाउँपालिकामा कुनै पनि किसिमको संक्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको उनको भनाइ छ। स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको स्वास्थ्य शाखा संयोजक साहले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
