खेल शुरू भएको १३ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले घरेलु टोली फ्रान्समाथि ३–१ को जीत दर्ता गरेको छ।
काठमाडौँ– यूईइएफए नेसन्स लिग फुटबलमा इटालीले फ्रान्सलाई पराजित गरेको छ।
फ्रान्सको पार्क दे प्रिन्सेसमा खेल शुरू भएको १३ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले ३–१ को जीत दर्ता गर्यो।
फ्रान्सका ब्राडली बारकोलाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। सेन्टरबाट बल चलेपछि बारकोलाले इटालीका डिफेन्डरबाट बल खोसेर गरेको प्रहारले जाली चुमेको थियो।
३०औँ मिनेटमा इटालीका फेडरिको डिमार्कोले बराबरी गोल गरे। सान्ड्रो तोनालीको पासमा डिमार्कोले भली प्रहार गर्दै उनले गोल गरेका थिए। ५०औँ मिनेटमा डेभिडे फ्राटेस्सीले मेटाओ रेटेगुइको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
७४औँ मिनेटमा गियाकोमो रसपाडोरीले गोल गर्दै टोलीलाई सहज जित दिलाए। जितपछि इटालीले ३ अंक जोड्न सफल भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
