समानुपातिकको मतगणनामा ३ प्रतिशत 'थ्रेस होल्ड' कटाएका ७ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने भएका छन्।
काठमाडौँ– निर्वाचन आयोगले मतगणना सकिएको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना मंगलबार सकिएको जानकारी दिए। प्रत्यक्षतर्फको मतगणना सोमबार सकिएको थियो भने मंगलबार समानुपातिकतर्फको पनि मतगणना सकिएको उनले बताए।
समानुपातिकको मतगणनामा ३ प्रतिशत 'थ्रेस होल्ड' कटाएका ७ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने भएका छन्। समानुपातिकको १ करोड ५ लाख ६० हजार ६७ सदर मतमध्ये २८ हजार ४५ हजार ६४१ मत पाएर नेकपा एमाले अग्रस्थानमा छ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ र राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३४४ मतसहित चौथो स्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २१ हजार ३१३, जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरेका छन्।
नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना सकिएको छ। समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड नकटाएका कारण एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नपाउने भएको हो। आयोगका अनुसार एकीकृत समाजवादीले समानुपातिकतर्फ २ लाख ९८ हजार ३५५ मत प्राप्त गरेको छ। थ्रेस होल्ड कटाउन ३ लाख बढी मत प्राप्त गर्नुपर्ने हुन्छ।
दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्ने तयारी गरेको छ। दलहरूले नाम सिफारिसका लागि प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउने छन्।
आयोगका अनुसार निर्वाचनका लागि १ करोड ७९ लाख ८ हजार ८५० मतदाता रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७३ हजार २७ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
