समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–शिकारी नियन्त्रणसँगै वन्यजन्तुको संख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।
म्याग्दी– मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक् भूगोलको दृश्यको कल्पना गर्छन्। पछिल्लो समय दुर्लभ वन्यजन्तुहरू पनि सहजै देखिन थालेपछि पर्यटकका लागि अर्को आकर्षण थपिएको छ।
लोमान्थाङ–जोमसोम क्षेत्रमा सडक नजिकै नाउरहरू चरिरहेको देख्न सकिन्छ। लहरै नाउर चरेको दृश्यमा पर्यटक लोभिन थालेका छन्।
लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराका पेमाछिरिङ गुरुङले दामोदरकुण्डदेखि घारा आउने क्रममा बिहीबार पाँच ठाउँमा नाउरको बथान देखेको बताए। “दामोदरकुण्ड तीर्थयात्राका क्रममा देखिने नाउरका बथानले पाहुनालाई लोभ्याएका छन्,” घोडाबाट तीर्थयात्रीलाई घारादेखि दामोदरकुण्ड लैजाने र ल्याउने गर्दै आएका पेमाले भने।
समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड नजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वनखरायो, हिउँ चितुवा, ब्वाँसो, नाउर, रातोभालुलगायत वन्यजन्तु भेटिने पेमाले बताए। कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमा पनि वन्यजन्तु देखिन थालेका छन्। तनहुँका दुलेगौडाका सुरेश भट्टराईले यात्राकै क्रममा जंगली जनावर देख्न पाउँदा कामा खुशी लागेको बताए।
समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–शिकारी नियन्त्रणसँगै वन्यजन्तु बढेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताए।
“विशेष गरेर उपल्लो मुस्ताङका बासिन्दामा संरक्षण क्षेत्रमा आएको जागरण र सचेतनाका कारण बस्ती र सडक छेउछाउमै वन्यजन्तु देखिन थालेका हुन्,” उनले भने, “तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा नयाँ नयाँ प्रजातिका जनावर र पक्षी देखिने भएकाले यस क्षेत्रको अध्येताहरूका लागि पनि महत्त्वपूर्ण छ।” मुस्ताङमा वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि एक्यापले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ।
वन्यजन्तुले पर्यटकलाई आकर्षित गराए पनि किसानलाई भने दुःख दिने गरेको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका किसान लोप्साङ छोप्पेल गुरुङले बताए। “ब्वाँसो र हिउँ चितुवाले भेँडाच्यांग्रा मारेर किसानलाई दुःख दिएको छ,” उनले भने “घुम्ती गोठमा पालिने भेँडाच्यांग्रा र चौँरीलाई ब्वाँसो र चितुवाबाट बचाउन चुनौती भएको छ।” वन्यजन्तु पीडितलाई राज्यले उपलब्ध गराउने राहत वृद्धि र सहज बनाउनुपर्ने उनको माग छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
