दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो।
दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ। यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयास अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवालाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि पहल गरिरहेको छ। यसको सकारात्मक प्रभाव भने देखिएको छैन। सन् २०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रतिहजार ०.७५ थियो। जुन विश्वभरिको कम जन्मदरमध्ये एक हो।
अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखिको समस्या हो। जसले जनसांख्यिकीय र सामाजिक चुनौती सिर्जना गरेको छ। केन्द्रीय बैंकको तथ्यांकले ३० वर्षभन्दा माथिका व्यक्तिको बचतदर पनि घटबढ देखाएको छ। पाँच वर्षअघि २९.४ प्रतिशत रहेको बचतदर हाल पहिलो त्रैमासिकमा २८.५ प्रतिशतमा झरेको छ। यसले आर्थिक पाटोमा पनि भविष्यमा समस्या ल्याउने आंकलन गरिएको छ।
कोरियामा २०–३० वर्ष उमेर समूहका युवा युवतीले हालका वर्षमा डिपार्टमेन्ट स्टोर र ठूला होटेलमा अत्यधिक खर्च गरेका छन्। उनीहरूको यात्रा खर्च तीन वर्षको अवधिमा ३३.३ प्रतिशतबाट बढेर ४०.१ प्रतिशत पुगेको छ।
दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो। धेरै युवा विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ।
सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मिँदा आमालाई २० लाख कोरियाली वन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ। त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाख वन (५२८ अमेरिकी डलर) दिने गरिएको छ।
दुई वर्षसम्म प्रत्येक महिना तीन लाख ५० हजार वन अर्थात् २६४ अमेरिकी डलर तथा प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरेको छ। गरिब परिवारलाई थप रकम उपलब्ध गराउने नीतिसमेत सरकारले लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
