विगतमा उखुखेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेती घटेर २२५ हेक्टरमा पुगेको छ।
गोदावरी– कैलालीमा उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा खेती विस्तार हुन नसकेको हो।
उत्पादित उखुको बजार अभाव भएकाले किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। प्रदेश सरकारले जिल्लामा उखुखेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध नगराएको किसान बताउँछन्।
विगतमा उखुखेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन्। ज्ञान केन्द्रका अनुसार ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेतीको क्षेत्रफल घटेर २२५ हेक्टरमा पुगेको छ।
केन्द्रका सूचना अधिकारी श्याम जोशीले जिल्लामा आव २०७८/७९ मा २२४ हेक्टरमा उखुखेती गरिएकामा उत्पादन आठ हजार ३०७ मेट्रिक टन भएको थियो। २०७९/८० मा २२४ हेक्टर खेती भएकामा नौ हजार ४५० मेट्रिक टन उत्पादन भएको थियो। उखुखेती गर्ने किसानलाई कृषि औजार, उपकरण, बिउलगायत अन्य अनुदानका कार्यक्रम उपलब्ध गराउन सके किसानको आकर्षण बढ्ने उनको भनाइ छ।
उखुखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान रकमसँगै खेती गर्ने तरिका, आवश्यक औजार, उन्नत जातका बिउ र लगाउने विधिका बारेमा ज्ञान र सीप उपलब्ध गराउनुपर्ने घोडाघोडी नगरपालिका–४ का किसान गणेश शाहीले बताए। उखुखेतीमा बजारको अभाव भएकाले लागत अनुसार आम्दानी लिन नसकेपछि किसानको संख्या घट्दै गएको उनको भनाइ छ।
२०५४ सालमा चुहामा वासुलिङ सुगर मिल सञ्चालनमा आएपछि जिल्लामा उखुखेती गर्ने किसानको संख्या बढेको थियो। सो मिल बन्द भएसँगै यहाँका किसानले क्रमशः उखुखेती गर्न छोड्दै गएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
