उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन्।
म्याग्दी– पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोस्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ।
लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोस्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिकस्थलको महत्त्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङ बोर्ड राखेको हो।
एक्याप लोमान्थाङका रेन्जर मदन पौडेलले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको ४८ स्थानमा साइन पोस्टिङ, सूचना पाटी र होडिङ बोर्ड राखिएको जानकारी दिए। “पर्यटकहरूले संकेत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराउन र दुःख नपाउन भनेर साइन पोस्टिङ राखिएको हो,” उनले भने “गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीयस्थलको महत्त्व र विशेषता बुझ्नका लागि नक्सासहितको सूचनापाटी राखेका छौँ।”
स्थानीयस्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ।
अग्ला, नांगा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिकस्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेको भन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुःख पाउने समस्या न्यूनीकरणका लागि सडक र पदमार्ग छेउछाउमा ‘रेन्जिङ पोल’ र साइन पोस्टिङ राखिएको एक्यापका प्रमुख प्रमोदराज रेग्मीले बताए।
उपल्लो मुस्ताङको दामोदरकुण्ड पुगेर फर्किएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ का गणेश गुरुङ (सुरेन)ले उचाइ, गन्तव्यमा पुग्न लाग्ने दूरी, समय र त्यहाँको विशेषता उल्लेख भएको सूचनापाटी तथा साइन पोस्टिङले सहज बनाएको बताए। अझै धेरै ठाउँमा साइन पोस्टिङ, सूचनापाटी र होडिङ बोर्ड राख्नुपर्ने उनले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा समेटिएको उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन्। मौलिक संस्कृति, रहनसहन, जीवनशैली र पृथक् भूगोल पनि यहाँका आकर्षण हुन्।
सन् २०२३ मा तीन हजार चार हजार ८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए। विदेशीको तुलनामा पछिल्लो समय उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको आगमन बढेको छ।
अर्धनिषेधित क्षेत्र घोषणा भएको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको पूरै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ। दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ।
निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन अपेक्षित रूपमा बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
