मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्।
मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्। हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो शुरू भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो।
स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार डढेलो नियन्त्रण गर्न करिब १५० अग्नि नियन्त्रक, विमान र हेलिकप्टर तैनाथ गरिएको छ। जोखिममा रहेका वरपरका क्षेत्र बन्द गरिएको छ।
शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन्। “थप विमानका लागि अनुरोध गरिएको छ। अग्नि नियन्त्रकहरूले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्,” अधिकारीले भने।
पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ। शुक्रबार दिउँसो बसमार्फत ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ।
सन् २०२२ को सेप्टेम्बरमा हर्ज पर्वतको जंगलमा भीषण आगलागी भएको थियो। आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपत्कालीन अवस्थाको घोषणा गरी सयौँ अग्नि नियन्त्रकहरूले केही दिनसम्म दिनरात काम गरेका थिए।
अन्य देशहरूजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ।
वैज्ञानिकहरूले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताइएको तापक्रम वृद्धिले यस वर्ष पनि संसारभर मौसमी संकटको सामना गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
